रोटरी ई–क्लव अफ मेडिकोफ्युजनको अभियान“बच्चा भुलाउन बालबालिकालाई मोबाइल÷टिभी नदेखाऊँ”

रोटरी ई–क्लव अफ मेडिकोफ्युजनको अभियान“बच्चा भुलाउन बालबालिकालाई मोबाइल÷टिभी नदेखाऊँ”

बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल÷टिभी नदेखाउन चिकित्सकहरुले आग्रह गरेका छन् । मोबाइल÷टिभी धेरै समय हेर्दा बालबालिकाहरुमा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरुले यस्तो आग्रह गरेका हुन् ।

चिकित्सकहरु आवद्ध रहेको रोटरी ई–क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार “बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल÷टिभी नदेखाऊँ” अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावको बारेमा जानकारी गराएको हो । क्लवलेरुपन्देहीका विभिन्न नगरपालिकाहरुसँगको सहकार्यमा सचेतनामुलक अभियान समेत चलाउने क्लवका अध्यक्ष डा. सन्तोष पोखरेलले बताउनुभयो ।

डा. पोखरेलका अनुसार बालबालिकाले धेरै समय मोबाइल हेर्दा निन्द्रमा समस्या, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुने जस्ता समस्या देखिने गरेका छन् । पछिल्लो समय मोबाइलको प्रयोगले बालबालिकामा धेरै समस्या देखिएको बताउँदै उहाँले अभिभावक समेत यो विषयमा सचेत रहनुपर्नेमा जोड दिनुभयो । क्लवले बालबालिकाहरु बढी जम्मा हुने खोप केन्द्र, मन्टेश्वरी, सार्वजनिक निकायहरुमा राख्नेगरी स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखरुलाई ब्यानर तथा सचेतना सामग्री हस्तान्तरण समेत गरेको छ ।कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले क्लवले सुरु गरेको अभियान निकै सकारात्मक रहेको बताउँदै अभियानलाई साथ दिन तिलोत्तमा नगरपालिका तयार रहेको बताउनुभयो । तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भैसकेको सन्दर्भमा “बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल÷टिभी नदेखाऊँ” अभियानपनि बालमैत्री कार्यक्रमसँगै अघि बढाइने बताउनुभयो ।

यस्तै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले बालबालिकालाई मोबाइल नदेखाउने विषयमा अभिभावकहरु बढी सचेत हुनुपर्ने बताउँदै परिवर्तनको सुरुवात् आफैंबाट गर्नुपर्ने बताउनुभयो । यसैगरी सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले क्लवले सुरु गरेको अभियान समाज सुधारको अभियान भएकोले यो अभियानले सामाजिक सचेतना जगाउने बताउनुभयो । कार्यक्रममा रोटरी क्लवका एजी राजेन्द्र कार्की, रोटरीयनहरु डा. विनिता भट्टराई, डा. मञ्जु गुभाजुलगायतले बोल्नु भएको थियो । रोटरी ई–क्लव अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले यसअघि “जथाभावी नथुकौं, थुकले मृत्यु फैलाउछु” भन्ने अभियान सञ्चालन गरेको थियो ।

 

Media Coverage

  1. https://sabalpost.com/archives/152657?fbclid=IwAR1LP3nrXnUPuyGEPCemx32HDKN8QHUKhD1M8ZTzKAMvguqPp0UmN-J5xPY
  2. https://lokaantar.com/story/187821/2022/6/25/health/news-?fbclid=IwAR2Ey5Z8bzWr_LblcIXs8xgIKuqEuh8JE48Rwg4Fcd6lz-wfNioT7YZ9g28
  3. https://khabarpatro.com/archives/11046?fbclid=IwAR01KBuwG6GSUu8JZncGTHuFuTipZk-QArx8mlegLoK33IYjZhyLcWczBuA
  4. https://www.ukeraa.com/news/2022/06/25/20346?fbclid=IwAR0urBhOphGoKy9s0PbXrh7a4f-mmRWegsU9Hm_sKgFQHXhbk2Slcn-710Q
  5. https://swasthyasamachar.com/14395?fbclid=IwAR0lUVhMrNRqmrj1WU0abfWzOKS59LZrmsETyLq72aIWEzBaHQ6qMC-p-pA
  6. https://lumbinipati.com/?p=26395&fbclid=IwAR1A6kQsObszIg_-U9fWO4aL_TrsOhNqRxa2JwhhojQ8gJaTB3UkiF83SD4
  7. https://www.globalaawaj.com/archives/197244?fbclid=IwAR2BLuVhZPGK7a8uhICSOT1eV5-XHeoDW0TFR7aWzwr43F90AOUGwN26D0w
  8. https://kharibot.com/news-details/112398/2022-06-25?fbclid=IwAR1XPiDf9vWvJEvj3JiN6SpRyw0O8UNlcD40m16R1Z-Gzf6rhcaUijm7KmU
  9. https://www.nepalpress.com/2022/06/26/206050/?fbclid=IwAR0urBhOphGoKy9s0PbXrh7a4f-mmRWegsU9Hm_sKgFQHXhbk2Slcn-710Q
  10. https://www.setopati.com/social/275106?fbclid=IwAR0lUVhMrNRqmrj1WU0abfWzOKS59LZrmsETyLq72aIWEzBaHQ6qMC-p-pA