रोटरी क्लव अफ मेडिको फ्युजन द्वारा डिभर्ना स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्ताण्तरण

रोटरी क्लव अफ मेडिको फ्युजन द्वारा डिभर्ना स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्ताण्तरण

अर्घाखाँची । रोटरी क्लव अफ मेडिको फ्युजन हाईब्रिड नेपालले डिभर्ना स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्ताण्तरण गरेको छ । सन्खिर्क नगरपालिका वडा नं. ११ मा रहेको डिभर्ना स्वास्थ्य चौकीलाई एक सेट अक्सिजन कन्सिट्रेटर र एक थान बाई प्याप मेसिन क्लवले हस्ताण्तरण गरेको हो ।

बुटवलमा रहेका ३८ जना डाक्टरहरु सम्मिलित रोटरी क्लव अफ मेडिको फ्युजन हाईब्रिड नेपाल २०२२÷०२३ का अध्यक्ष डाक्टर प्रकाश बस्नेतले स्वास्थ्य चौकी ईन्चार्ज छविलाल भुसाललाई हस्ताण्तरण गरे । रोटरी क्लव अफ मेडिको फ्युजन हाईब्रिड नेपालका डाक्टरहरु र मेडिको फ्युजनका पब्लिक ईमेज अफिसर डाक्टर दिनेश गौतमको सामुहिक सहयोग उक्त सामाग्री हस्ताण्तरण गरिएको हो । नेपालमा डाक्टर दम्पत्तिहरु मात्र सामेल भई गठन भएको एक मात्र क्लवले आगामी दिनहरुमा गाउँघरमा रहेका विरामीहरुका लागि शिविर सञ्चालन गर्ने लक्ष्य रहेको अध्यक्ष डा. बस्नेतको भनाई रहेको छ ।

कार्यक्रममा ११ नम्बर वडाध्यक्ष चेतनारायण आचार्य, पुर्वअध्यक्ष ध्रुव आचार्य, डाक्टर प्रकाश बस्नेत, चौराह हस्पिटलका संचालक तथा स्वास्थ्यकर्मी जनक के.सी., स्वास्थ्यकर्मी सिद्धार्थ के.सी., पत्रकार बिष्णु खनाल लगायतको उपस्थिति रहेको थियो ।