मुर्गियामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर,३ सय जनाले स्वास्थ्य परीक्षण गराए
फागुन १२, सैनामैना ।
सैनामैनाको मुर्गियामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आज सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लिमिटेड र रोटरी क्लव अफ सैनामैनाको संयुक्त आयोजना तथा रोटरी क्लव अफ मेडिको फ्युजनको सहआयोजनामा शिविर सम्पन्न भएको हो । बिहान १० बजेदेखि आयोजित उक्त शिविरमा यस क्षेत्रका ३ सय जनाले स्वास्थ्य परीक्षण गराएको रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष कृष्ण बहादुर कुंवरले जानकारी दिनुभयो ।
सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम बहादुर बानियाँले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सहकारीको १५ औँ स्थापना दिवस को अवसरमा र रोटरीको सहकार्यमा आयोजित शिविरमा उत्साहजनक सहभागी भई स्वास्थ्य परीक्षण गराएको धन्यवाद ज्ञापन गर्नुभयो ।
उक्त बृहत शिविरमासुगर, प्रेसर, महिला तथा प्रसुति रोग, हाडजोर्नी, तथा नशारोग, आँखा तथा दाँत रोग, नाक, कान, घाँटी रोगका विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको वरिठ हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ डा.मन्दिर खत्रीले बताउनुभयो । उहाँले विशेषगरी हाडजोनी नशा र आँखा रोगका विरामीहरु ब्ढी पाइएको बताउनुभयो ।
शिविरमा डा.मन्दिर खत्री, डा.राजकुमार राजवंशी, डा. पुजन मान बज्रचार्य, डा.मञ्जु गुभाजु, डा.कृष्णा थापा, डा.सुमन पौडेल, डा. राजेन्द्र कुंवर, डा. लक्ष्मी वलीको समूहले स्वास्थ्य चेकजाँच गरेको थियो ।
शिविर सैनामैनाको मुर्गियास्थित एनएमबि बैँक भएको तल्लो तलाको सैनामैना क्लिनिक परिसरमा सञ्चालन भएको थियो । कार्यक्रममा सैनामैना क्लिनक प्रा.लि, रोट्रयाक्ट क्लव अफ सैनामैना र इनरह्विल क्लव अफ सैनामैना सहयोगी संस्थाको रुपमा रहेका थिए ।
कार्यक्रम सप्तऋषि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम बहादुर बानियाँ र रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष कृष्ण बहादुर कुंवरको संयुक्त अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा रोटरी क्लव अफ सैनामैनाका पूर्व अध्यक्ष दुर्गा गौतमको स्वागत रहेको थियो ।