रिव्दीकोटमा स्वास्थ्य शिविर तथा पाठेघरको मुखको क्यान्सर जाँच

रिव्दीकोटमा स्वास्थ्य शिविर तथा पाठेघरको मुखको क्यान्सर जाँच

बुटवल, १९ चैत ।

रोटरी ई–क्लब अफ मेडिको फयुजन हाईब्रिड नेपालको आयोजना तथा रिप्दीकोट गाउँपालिकाको सहआयोजनामा वृहत निःशुल्क स्वस्थ्य शिविर तथा पाठेघरको मुखको क्यान्सर जाँच गरिएको छ । एक कार्यक्रमका बीच रिप्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले शिविरको उद्घाटन गर्दै विशेषज्ञ चिकित्सकहरुको सहयोगमा स्वस्थ्य सेवाको पहुँचबाट टाढा रहेका सेवाग्राहीहरुलाइ घरदैलोमा सेवा दिन सफल भएको बताए ।

क्लबका अध्यक्ष डा प्रकाश बस्नेतले स्वस्थ्य पेशामा आवद्ध रहेका चिकित्सकहरुको फोरम बनाएर सामाजिक हितमा अग्रसर हँुदै आएको बताए । शिविरमा जाचसंगै निशुल्क औषधी वितरण समेत गरिएको उनले बताए । स्वास्थ्य शिविरमा सहयोग गर्ने चिकित्सकहरुलाई कार्यक्रममा सम्मानपत्रबाट सम्मानसमेत गरिएको थियो ।

रिप्दीकोट बतासेमा रहेको कालिका माध्यमिक विद्यालयमा गरिएको शिविरको बालरोग डा सन्तोष पोखरेल, नेत्र डा विनिता भट्टराई, रेडियोलोजी डा अभिषेक बज्राचार्य, डा वसन्त शर्मा, ईएनटी डा प्रकाश बस्नेत, डा सुमन पौडेल, प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा अनुपा थापा, डेन्टल डा आकृति बानिया, फिजिसियन डा साहिल भुषाल, अर्थोपेडिक डा शेखर पोखरेल, सर्जरी डा बिर्खराज जोशी, मनोचिकित्सक डा विक्रम काफ्ले, डा विजय घिमिरे, स्त्रीरोग विशेषज्ञ डा सतिस रुपाखेती गरी १७ जना विशेषज्ञ तथा १२ जना स्वास्थ्य सहयोगीहरुबाट शिविरमा सहयोग भएको कार्यक्रम संयोजक कपिल आचार्यले बताए ।

शिविरमा ९० जनाको मधुमेह जाँच, १ सय ३२ जनाको हाडजोर्नी तथा नशा, ९२ जना आखा जाँच, ४६ जना नाक कान घाँटी, १ सय ५९ जना जनरल फिजिसियन, १८ जना मुख तथा दाँत, १७ जना मनोचिकित्सक, २० जना बालरोग, १४ जना जनरल सर्जरी, ९१ जना महिला रोग जाँच भएकोमध्ये ५० जनाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियो । कुल ५ सय ८२ जना सेवाग्राहीले सेवा लिएका थिए भने १ सय २१ जनाले भिडियो एक्सरे सेवा लिए ।